You are viewing the translated version of कार्यकारी निर्देशक.
Rule 23
कार्यकारी निर्देशक
(१) कोषको दैनिक कार्य सञ्चालनको लागि प्रतिस्पर्धाको आधारमा एक
कार्यकारी निर्देशकको नियुक्ति गरिनेछ।
(२) कार्यकारी निर्देशकले कोषको प्रशासकीय प्रमुखको रुपमा काम गर्नेछ।
(३) कार्यकारी निर्देशकको नियुक्तिको लागि मन्त्रालय समक्ष सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछः- (क) सचिव, मन्त्रालय -संयोजक
(ख) राष्ट्र बैङ्कको सम्बन्धित क्षेत्र हेर्ने डेपुटी गभर्नर - सदस्य
(ग) मन्त्रालयले तोकेको एक जना विज्ञ -सदस्य
(४) उपनियम (३) बमोजिमको समितिले देहायको योग्यता पुगेका व्यक्तिमध्येबाट कार्यकारी निर्देशक नियुक्तिको लागि उपलब्ध भएसम्म तीन जना व्यक्तिको नाम मन्त्रालय समक्ष सिफारिस गर्नेछः-
(क) नेपाली नागरिक,
(ख) पैंतीस वर्ष उमेर पूरा भई साठी वर्ष ननाघेको,
(ग) मान्यता प्राप्त विश्व विधालयबाट अर्थशास्त्र, वाणिज्य शास्त्र, वाणिज्य कानून वा व्यवस्थापन विषयमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको,
(घ) बैङ्क, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा अधिकृतस्तरको व्यवस्थापकीय जिम्मेवारीमा रही कम्तीमा दश वर्षको कार्य अनुभव हासिल गरेको,
(ङ) तत्काल कुनै राजनीतिक दलको सदस्य नरहेको ।
(५) उपनियम (४) बमोजिम सिफारिस भई आएका व्यक्तिमध्येबाट कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नको लागि मन्त्रालयले नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ ।
(६) उपनियम (५) बमोजिम मन्त्रालयले पेश गरेका व्यक्तिमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्ले उपयुक्त एक जना व्यक्तिलाई कोषको कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ।
(७) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछु र निज एक पटकको लागि पुनः नियुक्त हुन सक्नेछ ।
(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले इमान्दारीपूर्वक पदीय जिम्मेवारी पूरा नगरेमा, कोषको हित वा उद्देश्य विपरीत काम गरेमा वा निजमा खराब आचरण देखिएमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(९) कार्यकारी निर्देशकको पारिश्रमिक र अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(१०) कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस सम्बन्धी अन्य कार्यविधि उपनियम (३) बमोजिमको समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ ।